८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

चट्याङबाट लामाको मृत्यु


२० चैत्र २०७३, आइतबार  

7
Shares

हेटौँडा, २० चैत । मकवानपुर गढी गाउँपालिका–७ बस्ने २३ वर्षको जीतबहादुर स्यान्ताङ लामालाई शनिबार राति ११ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त चट्याङको प्रभावले मृतकको तीन जना परिवार सामान्य घाइते भएको र उनीहरु हेटौँडा अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७३, आइतबार  ६ : ०० बजे