८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

सिँचाइमन्त्रीद्वारा अनुगमन


२१ चैत्र २०७३, सोमबार  

0
Shares

दाङ, २१ चैत । सिँचाइमन्त्री दीपक गिरीले दाङमा निर्माण भइरहेका विभिन्न सिँचाइ योजनाको अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो ।

उहाँले दाङको धनौरीस्थित बुढा डावरका सिँचाइ डिपबोरिङ, हेकुलीस्थित सुकदेवाका सिँचाइ कुलो, हस्नापुर क्वाङखोलाको सिँचाइ कुलो र तुलसीपुर उपमहानगरपालिका–१० स्थित पड्ढा तालको अवस्थाका बारेमा स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा चासो लिनुभएको थियो ।
सो अवसरमा मन्त्री गिरीले काममा कुनै पनि प्रकारको ढिलाइ नगरी यथाशक्य चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिदैं “सिँचाइ योजना छिटोछरितो र गुणस्तरीय निर्माणका लागि सम्बन्धीत सबै पक्षसँग आग्रह गर्नुभयो ।

यसैगरी मन्त्री गिरीले प्राथमिक स्वास्थ्य केन्द्र बागरको स्थलगत निरीक्षण तथा अवलोकन गर्दै यस केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न सके पश्चिम दाङका जनतालाई स्वास्थ्य सेवामा धेरै नै सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७३, सोमबार  ८ : १९ बजे