१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

एक दुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाइने


२४ चैत्र २०७३, बिहिबार  

0
Shares

काठमाडौँ, २४ चैत । निर्वाचन आयोगले एकदुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाउन लागेको छ ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सुसूचित बनाउन चाहिने मतदाता शिक्षा सामग्री एक महिनाअघि नै पठाउन लागेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदातालाई सुसूचित बनाउन पाँच प्रकारका पोस्टर, मतदाता शिक्षा हाते पुस्तिका, निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयम्सेवक सहयोगी पुस्तिका, स्थानीय तहको निर्वाचनको बारेमा सोधिने प्रश्न र सोको उत्तरसम्बन्धी ब्रोसरलगायतका सामग्री जिल्लामा पठाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन मतदाता शिक्षा छपाइका लागि २८ वटा छापाखानालाई काम दिएका छौँ उक्त छापाखानाले तीव्ररुपमा काम गरिरहेका छन् सबै सामग्री आयोगमा आइसकेपछि जिल्लामा पठाउँछौँ ।”

कतिपय छापाखानाले मतदाता शिक्षा सामग्री छपाइको काम पुरा गरेकाले उक्त सामग्रीलाई अहिले आयोगमा ल्याएर जिल्ला गत रुपमा छुट्याउने कामसमेत भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७३, बिहिबार  ११ : ५६ बजे