पोखरा, २४ चैत । स्वतन्त्र पत्रकार सङ्घ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा उदयबहादुर अमात्य र उपाध्यक्षमा शान्ति राणा रहनुभएको छ भने प्रदेश नं ३ को उपाध्यक्षमा सुरेश श्रेष्ठ, ४ को उपाध्यक्षमा दिननाथ बराल र ५ को उपाध्यक्षमा रमेश सिटौला हुनुहुन्छ ।
त्यस्तै महासचिवमा नवराज पहाडी, उप–महासचिवद्वयमा राजेन्द्रजङ्ग रायमाझी र शिला गुरुङ, कोषाध्यक्षमा वीरेन्द्र पाण्डे, सह –कोषाध्यक्षमा अम्विका पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा आश गुरुङ, सुनराम विक, टीकाराम अधिकारी, मन भण्डारी, कुलप्रसाद गुरुङ, प्रल्हादचन्द्र घिमिरे, ढाकामोहन बराल र प्रकाश बास्तोला रहनुभएको सङ्घले जनाएको छ ।







