३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

निर्वाचनमा सबै पक्षको सहभागिता आवश्यक’


२४ चैत्र २०७३, बिहिबार  

0
Shares

 

विराटनगर, २४ चैत । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचनमा सबै पक्षले सहभागिता जनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो — “निर्वाचनलाई सबैले उपयोग गर्नसक्ने वातावरण बनाउन ठूला दलहरुलाई गम्भीर हुनुपर्दछ ।”

अध्यक्ष गच्छदारले हालसम्म त्यस्तो परिस्थिति निर्माण हुन नसक्नुमा सरकारको नीति तथा मोर्चाको अडान बाधक रहेको उल्लेख गर्दै संविधान जारी गर्दाकै बखतमा ठूला दलले गल्ती गरेका कारण हालको अवस्था सिर्जना भएको बताउनुभयो ।

संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने स्पष्ट पार्दै उहाँले आपूm अहिलेपनि आठ प्रदेशको पक्षमा रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७३, बिहिबार  १२ : ४३ बजे