२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

आगलागीबाट आठ घर जले


२८ चैत्र २०७३, सोमबार  

0
Shares

 

पाँचथर, २८ चैत । पाँचथरको सुभाङ–२ पाखा गाउँमा आज अपराह्न आगलागी हुँदा आठ घर र दुईवटा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

आगलाीबाट स्थानीय गोपाल खनाल, रविलाल चापागाईँ, मानबहादुर खनाल, गोपाल खनाल, चन्द्र चापागाईँ, कुलबहादुर खनाल, मदन चापागाईँ र राजकुमार पन्धाकको घर पूर्णरुपमा नष्ट भएको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

जङ्गलमा लागेको आगो आज दिउँसो २ बजे वस्तीतिर फैलिएको थियो । अहिलेसम्म क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन ।

Sagarmatha

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार  १ : ०० बजे