८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

जिल्ला प्रशासनद्वारा बजार अनुगमन म्याद गुज्रिएका खाद्यवस्तु नष्ट



ओखलढुंगा, ३० चैत । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले बजार अनुगमन गरेको छ । सिद्धिचरण नपा ११ मिललनचोकमा गरिएको अनुगमनमा अखाद्य तथा म्याद गुज्रिएका वस्तु भेटिएपछि वरामद गरेर दुई बोरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीले बताउनुभयो । उहाँका अनुसार सुर्तीजन्य पर्दाथ विक्रि वितरणका विषयमा पनि सचेत गराइएको र १८ बर्ष मुनिका बालबालिका र गर्भवति महिलाहरुलाई नबेच्न सचेत गराइएको छ । अन्य क्षेत्रमा पनि अब बजार नियमित अनुगमन गरिने ज्ञवलीको भनाइ छ ।
बजारमा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव र काला बजारी भए पनि अनुगमन भएको छैन । पम्पमा पेट्रोल नपाइने र बजारमा बोतलमा राखेर किराना पसलमा समेत पेट्रोल पाइने उपभोक्ताको गुनासो छ । स्थानीय प्रशासनको मिलेमतोमै काला बजारी हुने गरेको उनीहरुको आरोप छ । पम्पहरुबाट राती राती ड्रमम पेट्रोल बेचेर बोतलमा राखेर मनपरि मूल्य असुलिने गरेको गुनासो गरे पनि प्रशासनले चासो नदिएको उपभोक्ताले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७३, बुधबार  १२ : ५४ बजे