जि–२० सम्मेलनको पूर्व सन्ध्यामा चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ओबामाको भेट

0 Shares

चीन, १८ भदौ । चीनको पूर्वी सहर हाङ्झाओमा विश्वका राष्ट्रप्रमुख सरकार प्रमुख एवम् अन्य प्रतिनिधि आउने क्रम सुरु भएको छ ।

यसै अवसरमा चिनियाँ राष्ट्रपति सी जिन पिङले कार्यक्रममा सहभागिता जनाउन आएका उहाँका अमेरिकी समकक्षी बाराक ओबामालाई शनिबार स्वागत गर्नुभयो । उक्त अवसरमा चिनियाँ राष्ट्रपति सी जिन पिङले चीन अमेरिकासँगको द्विपक्षीय सम्बन्ध विस्तार गर्दै सही मार्गमा अघि बढ्न इच्छुक रहने बताउनुभयो ।

जि–२० सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गरेपछि पत्रकारसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले दुई विश्व शक्ति राष्ट्रले द्वन्द्वरहित, विवादरहित सिद्धान्तको परिकल्पना गर्दै आपसी सम्मान एवम् सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले दुईदेशबीच आपसी विश्वास र सहयोगको बाटो अवलम्बन गरीे फरक विचारलाई रचनात्मक तवरले समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

हाङ झाओमा हुने ऐतिहासिक सम्मेलनले चीन–अमेरिका सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेमा कोसेढुङ्गा सावित हुने उहाँको विश्वास थियो ।

उक्त अवसरमा सीले आफ्नो सन् २०१३ मा अमेरिकी राष्ट्रपतिसँग भएको छलफल एवम् प्रतिबद्धतालाई आफूले सम्झिरहेको बताउँदै यसले चीन र अमेरिकाको दूरीलाई कम गरेको पनि बताउनुभयो । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार