काठमाडौँ, १ वैशाख । ‘युवा अग्रसरता ः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ आजदेखि २२ औँ वन्यजन्तु सप्ताह मनाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि वन्यजन्तु सप्ताह मनाउन लागिएको हो ।
सप्ताहमा होर्डिङबोर्डमा ब्यानर अनावरण, चरा अवलोकन, माविस्तरीय चित्रकला प्रतियोगिता, वन्यजन्तुसम्बन्धी वृत्तचित्र प्रस्तुत, माविस्तरीय चित्रकला प्रतियोगिताका कार्यक्रम गरिने विभागका सहायक संरक्षण शिक्षा अधिकृत भोजराज पन्थले जानकारी दिनुभयो ।

यस्तै वन्यजन्तु संरक्षण तथा साइटीसको कार्यान्वयनसम्बन्धी अन्तक्र्रिया र वन्यजन्तु संरक्षणसम्बन्धी टेबुल छलफलसमेत गरिने पनि पन्थले बताउनुभयो । कार्यक्रम आजदेखि सुरु भई वैशाख ७ गतेसम्म चल्नेछ ।







