३० असार २०८२, मंगलबार | Tue Jul 15 2025

चार युवतीको उद्धार



कपिलवस्तु, १८ भदौ । वैदेशिक रोजगारीका लागि तुर्किस्तान पठाइदिने भन्दै कृष्णनगर नाका भएर भारत लगिँदै गरेका चार युवतीको उद्धार गरिएको छ भने दुई विचौलिया पक्राउ परेका छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था शान्ति पुनःस्थापनगृहले सुरक्षाकर्मीको सहयोगमा चारै जनाको उद्धार गरेको हो । उनीहरुलाई भारतहुँदै तुर्किस्तान लगिँदै थियो ।

पक्राउ पर्नेमा पर्वत कुस्मा घर भई हाल काठमाडौँ डेरामा बस्दै आएका धनबहादुर गुरुङ र बझाङ घर भई हाल वीरेन्द्रनगर नगरपालिकामा बस्दै आएका भीमप्रसाद सुनार रहेका पुनःस्थापनगृहका भूमि भटराईले बताउनुभयो । उद्धार गरिएका युवतीहरु गोरखा र रुपन्देहीका हुन् । रासस

प्रकाशित मिति : १८ भाद्र २०७३, शनिबार  ६ : ०१ बजे