१ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

विमानस्थल गौचरण बन्यो


४ बैशाख २०७४, सोमबार  

7
Shares

 

सल्लेरी (सोलुखुम्बु), ४ वैशाख । सोलुखुम्बुको काँगेल डाँडा विमानस्थल गौचरण बनेको छ । २०७१ साल फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पु¥याएसँगै उडान सञ्चालन बन्द भएपछि अहिले सो विमानस्थल गौचरणमा परिणत भएको हो ।

चट्याङले टावरको उपकरणमा क्षति नपु¥याउँदासम्म हप्ताको एउटा उडान नियमित थियो । जिल्लाको तल्लो क्षेत्रका करिब १५ गाविस र खोटाङको उत्तरी क्षेत्रका नागरिकले सेवा लिने गरेको उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमले उडान गर्दै आएको थियो । दूधकौसीका गाउँपालिका–२ का स्थानीय मानबहादुर कार्की भन्नुहुन्छ “सम्बन्धित निकायको उदासिनताका कारण जनता भने हवाई सेवाबाट वञ्चित हुनुप¥यो ।”

जलेश्वरी खोटाङका रामकुमार राईले भन्नुभयो “हवाई सेवा सञ्चालन भएको भए मेरो ७० वर्षीया बुबालाई सहजै काठमाडौँ लान्थँे तर हवाई सेवा नहँुदा काठमाडाँैसम्म लान सकेको छैन, त्यसैले यो विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले पहल गर्नुप¥यो ।”

प्राविधिक कारणले विमानस्थल बन्द भएपछि पुनःपरीक्षण उडान गर्नुपर्ने एयरलाइन्सको नियम छ । निगम काँगेलका इन्चार्ज नारणकाजी कार्कीले भन्नुभयो “ नेपाल एयरलाइन्ससँग आइपी क्याप्टेन नहँुदा परीक्षण उडान गर्न नसक्ने मुख्य कार्यालयबाट जानकारी आएको छ ।” विमान यात्रुले बारम्बार सम्पर्क गर्ने गरेता पनि परीक्षण उडाननै हुन सकेन यो दुःखत कुरा हो इन्चार्ज कार्कीले भन्नुभयो ।

अहिले विमानस्थलमा मासिक रु ५५ हजार खर्च हुन्छ, तर आम्दानी भने शून्य छ । विमानस्थल २०५८ सालदेखि सञ्चालनमा आएको थियो । तर अहिले करिब १० घरले वस्तु बाख्रा चराउने गर्छन् । रासस (तस्बिर उपलब्ध छ)

प्रकाशित मिति : ४ बैशाख २०७४, सोमबार  ५ : २७ बजे