जलेश्वर अस्पतालमा औषधि अभाव

0 Shares

महोत्तरी, १९ भदौ । महोत्तरीको सदरमुकामस्थित जिल्ला अस्पताल जलेश्वरमा ओपिडीमा अतिआवश्यक औषधिको अभाव देखिएको छ ।

पारा सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोपmलोक्सासिन लगायतका ज्वरो, पखालाका अति आवश्यक औषधि तथा एन्टी बायोटिकजस्ता औषधि जिल्ला अस्पताल जलेश्वरको ओपिडी शाखामा अभाव देखिएको हो ।

जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले अन्य ठाउँभन्दा जलेश्वर अस्पतालमा औषधि पर्याप्त रहे पनि अतिआवश्यक औषधि नपुग रहेकाले औषधिको व्यवस्थापनमा आफू लागेको र सक्दो चाँडै जलेश्वर अस्पताल तथा अन्य स्वास्थ्यचौकीमा औषधिको पूर्ति गरिसक्ने बताए ।

सेवाग्राहीले महिनौँदेखि औषधि अभाव रहेको बताउँदै अस्पताल र जनस्वास्थ्य प्रमुखलाई बिरामी र अस्पतालबारे कुनै चासो नराखेको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा निःशुल्क ७० प्रकारका औषधि पाइने जनाइए पनि हाल जम्मा १५ देखि २० प्रकारका औषधि मात्र पाइने गरिएको छ जसमध्ये पनि अस्पतालमा पाइने ती औषधि खासै प्रभावकारी नरहेको उनीहरुको गुनासो छ । हाल अस्पतालमा उपचारका लागि आउनेहरु रित्तै हात फर्कन बाध्य भएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार