एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु

0 Shares

इनरुवा, १९ भदौैं । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ ।

इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक सिरहा गोलबजार–१ निवासी २७ वर्षीय आनन्द श्रेष्ठ र बिरामी सिरहा–१० का ३० वर्षीय सरोज यादवको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सन्तोष यादव, शिवगणेश यादव, सञ्जित यादव, पपु यादव लगायतका चारजना गम्भीर घाइते भएका छन् ।

घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार