स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति सक्रिय हँुदै

0 Shares

 

 

सल्यान, १९ भदौ । यहाँका छ गाविसमा निष्क्रिय अवस्थामा रहेका स्थानीय विपद व्यवस्थापन समितिहरु सक्रिय हुन थालेका छन् ।
कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रमको सहयाोगमा समितिहरुलाई तालिम तथा अन्य आवश्यक प्राविधिक सहयोग गरेपछि समितिहरु सक्रिय बन्न थालका हुन् । स्थानीय विपद् जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका २०६८ मा रहेर जिल्लाका लक्ष्मीपुर, कालीमाटी रामपुर, कुपिन्डे, लेखपोखरा, दमाचौर र निगालचुलामा गठित समितिले गाविसभित्र सङ्कटासन्न तथा क्षमता विश्लेषणका क्रियाकलापलाई अगाडि बढाउन थालेका छन् ।
सरोकार भएकाहरुको सहभागितामा विपद् व्यवस्थापन, योजना, आपत्कालीन कार्ययोजना, पुनःस्थापना, पुनःनिर्माण लगायत विषय समेट्ने गरी काम अघि बढाइएको कालीमाटी रामपुरका सचिव मेघराज भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा समितिका सदस्यहरुलाई क्षमता अभिवृद्धिको काम सम्पन्न गरेका छौँ ।”
पहल कार्यक्रम सञ्चालन भएका छ गाविसमा स्थानीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएर विपद् जोखिम व्यवस्थाको विषयलाई विकास योजनासँग मूलप्रवाहीकरण गर्ने गरी काम अघि बढाइएको दलित विकास समाज सल्यान, विपद् व्यवस्थापन अधिकृत राकेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नु्भयो“स्थानीय निकायमा विपद् व्यवस्थापनमा सबैको चासो र जिम्मेवारी बढाउने गरी सहयोग गर्छौँ ।”
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय विपद् जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका २०६८ जारी गरे पनि गाविसस्तरमा भने समिति गठन हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार