२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

‘सरकारबाटै आचारसंहिता उल्लङ्घन’


१८ जेष्ठ २०७४, बिहिबार  

0
Shares

 

नगरकोट, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लबमा आजआयोजित साक्षात्कार कार्यक्रममा उहाँले चुनावकै प्रक्रियामा सरकार फेरबदल हुनु संसारको कहीँ नभएको चलन हो भन्नुभयो ।
राजपालाई चुनावमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटीको खेल जस्तै भएको उहाँको भनाइ छ । नेता बिजुक्छेले नयाँ बन्ने बहुमतीय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्त भने राख्ने बताउनुभयो । यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अवस्थामा प्रतिपक्षमै बसेर भए पनि सरकारलाई सहयोग गर्न सकिनेतर्फ उहाँले सङ्केत गर्नुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार  १२ : ४० बजे