२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

अध्यापिका घलेको निधन


२० जेष्ठ २०७४, शनिबार  

0
Shares

काठमाडौँ, २० जेठ । त्रिभुवन त्रिशूली माविका पूर्वअध्यापिका जानुकादेवी घलेको आज बिहान ७३ वर्षका उमेरमा बे्रन स्ट्रोकबाट निधन भएको छ ।

उहाँ केही दिनअघिदेखि यहाँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो । नेपाली र अङ्ग्रेजी विषयका अध्यापिका घलेले करिब ३८ वर्ष सो विद्यालयमा अध्यापन गर्नुभएको विद्यालयका स्टोरकिपर तथा प्रशासक प्रेमराज श्रेष्ठले जानकारी दिनुभयो ।

सम्भवतः उहाँ नुवाकोटको प्रथम अध्यापिका हुनुहुन्थ्यो । त्रिविबाट विसं २०३५ मा नेपाली, अङ्ग्रेजी विषयमा बिएड उत्तीर्ण गर्नुभएकी उहाँले विद्यालयबाट कदरपत्र, जिल्ला शिक्षा कार्यालयबाट शिक्षा दिवस पुरस्कार तथा नेपाल शिक्षक सङ्घबाट अभिनन्दन पनि ग्रहण गर्नुभएको थियो ।

उहाँका दुई छोरा र एक छोरी हुुनुहुन्छ । उहाँको आजै स्वयम्भूमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार  ११ : १० बजे