बिपी विचार राष्ट्रिय समाज गठन

0 Shares

इटहरी, २० भदौ । नेपाली काँग्रेससँग सम्बद्ध नेताहरुको आइतबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा भएको भेलाले रामबहादुर बस्नेतको अध्यक्षतामा बिपी विचार राष्ट्रिय समाज सुनसरीको गठन गरेको छ ।

नवगठित समाजको सचिवमा केशवकुमार भट्टराई तथा सदस्यहरुमा अगमलाल चौधरी, दिलकुमारी राई, झवरलाल यादव, मुक्तिनाथ निरौला, सत्यनारायण गच्छदार, याम प्रधान, किशोर राई, डिल्ली दाहाल र धर्मनारायण मण्डल सदस्य छानिनु भएको छ ।

यसैगरी भेलाले रामनारायण चौधरी, भरत गोली, अशोक पोख्रेल, धनबहादुर थापा, राजु ढकाल र शङ्कर बस्नेतलाई पनि सदस्यमा सर्वसम्मतले चयन गरेको छ । भेलाले रामबहादुर बस्नेत, दिलकुमारी राई ,केशव भट्टराई, डिल्ली दाहाल र झवरलाल मण्डललाई महाधिवेशन प्रतिनिधिमा छनोट गरेको छ ।

मोटरसाइकल लुटेरा गिरोह पक्राउ

सुनसरी जिल्लाको बकलौरी–१ निवासी बरिलाल चौधरीको घरबाट को९प २४२१ र सोही गाविसका सरोज ठाकुरको घरबाट ग२प ५७३२ नम्बरको मोटरसाइकल जबर्जस्ती लुटेर लैजाने गिरोह लुटिएको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मोटरसाइकल लुट्ने गिरोहमा संलग्न बकलौरी–१ को १९ वर्षीय सन्दीप तामाङ, उनकै भाइ १७ वर्षीय दीपेश तामाङ, सोही स्थानका १७ वर्षीय सरोज खवास र १७ वर्षीय उज्वल चौधरी पक्राउ परेका छन् ।

लुटिएका मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार