२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

को हुन् आङदामी शेर्पा ?

जसले सोलुदुधकुण्ड नगरपालिकालाई नमूना नगरपालिका बनाउँदैछन् ?


२१ जेष्ठ २०७४, आइतबार  

0
Shares

वि.सं. २०२८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अञ्चल सभापति भएपछि औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नु भएका आङदामी शेर्पा अहिले नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुको सल्लाहकार सदस्यमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सोलुदुधकुण्ड नगारपालिकामा मेयर पदको उम्मेदवार चुनिएका छन् ।

वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट भारी बहुमतले विजयी भएका आङदामी शेर्पाले तत्कालिन समयमा लोकप्रिय र जनप्रिय भएर विभिन्न विकासका योजनाहरु सम्पन्न गर्नुभयो । शिक्षा नै मानिसको पहिलो आवश्यकता हो भन्ने मूल नाराका साथ साविकको सल्लेरी गाविसको ९ वटै वडामा भएका विद्यालयहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरे । गरिबीको रेखामुनी रहेका जनतालाई घरघरमै खाद्यान्न र नुन उपलब्ध गराउनु भयो । शेर्पाको यो लोकप्रियताको कारणले गर्दा अन्य राजनीतिक पाटीको उम्मेदवार भन्दा सोलुदुधकुण्ड नगरपालिकाको नेकपा एमालेको उम्मेदवार बलियो छ भन्ने आधारहरु प्रशस्तै छन् । जसले सोलुखुम्बु जिल्लाको एक मात्र नगरापालिकामा स्थानीय तहको निर्वाचनमा एमालेले बाजी मार्न सक्छ ।
शेर्पाको पाटीगत मात्र होइन व्यक्तिगत मत पनि अन्य पाटीको उम्मेदवारभन्दा बढीनै भएको जानकारहरु बताउँछन् । नगरपालिकाको मेयर पदमा उम्मेदवारी चुनिएपछि वडा–वडा तथा गाउँगाउँमा शेर्पाको काम र नामको चर्चा, परिचर्चा शुरु भएको छ ।
उम्मेदवार शेर्पाको कार्यशैलीले यत्तिबेला नगरबासीहरुमा एक प्रकारको उत्साह र उल्लास थपिएको छ । शेर्पाले नगरापालिकामा जिते नगरपालिकाको विकास व्यवस्थित र हिमाली शहर बनाउँन सफल हुने मतदाताहरुको भनाई छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार  ६ : ०२ बजे