२४ माघ २०८२, शनिबार | Sun Feb 8 2026

कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छ ः पूर्व अर्थमन्त्री डा महत



काठमाडौँ, १३ असार । पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आर्थिक पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘कर फछ्र्यौट आयोग ः समस्या कि समाधान ?’ भन्नेबारेमा आयोजित अन्तक्र्रियामा टेलिफोनमार्फत बोल्नुहुँदै कर फछ्र्यौट विवादलाई तत्काल टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

डा महतले कर फछ्र्यौट आयोग आफैमा संवैधानिक आयोग भएकाले सरकारले बाहेक अरू कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कर फछ्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले अनुपयुक्त हो भन्न मिल्दैन ।”

कर फछ्र्यौट आयोगका पूर्व अध्यक्ष चण्डी श्रेष्ठले कर फछ्र्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको भन्दै आयोगले गरेका निर्णय उल्टाउन नमिल्ने बताउनुभयो । उहाँले करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित नभएको धारणा राख्नुभयो ।

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले नेपालमा कर फछ्र्यौट आयोगको आवश्यकता नरहेको बताउनुयो । उहाँले हाम्रो देशमा थुप्रै आयोग बनेका भए पनि विवादमा ल्याउने काम गरेको भन्दै कर अधिकृत र करदाताबीचको सम्बन्धभन्दा बाहिर रहेर आयोगले कुनै काम गर्न नपाउने बताउनुभयो ।

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार  १२ : ४७ बजे