ट्रक नदीमा खस्दा दुईको मृत्यु

0 Shares

चितवन, २१ भदौ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक मंगलबार बिहान ३ः४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

घाइते बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार