६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

करेन्ट लागेर महिलाको मृत्यु


१८ असार २०७४, आइतबार  

0
Shares

 

लहान, १८ असार । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिकामा गए राति एक महिलाको मृत्यु भएको छ ।

भुइँमा खसेको बिजुलीको तारबाट अचानक करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका–१२ निवासी ४० वर्षीया लाटी भन्ने लाटी पुलामी मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको बेला उहाँको घटनास्थलमा नै मृत्यु भएको इलाका विष्णुपुरकट्टीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७४, आइतबार  ४ : ५२ बजे