३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

करेन्ट लागेर महिलाको मृत्यु


२३ असार २०७४, शुक्रबार  

0
Shares

इनरुवा, २२ असार । सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५४ वर्षीया सीता उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उहाँको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार  ५ : २० बजे