२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

बैतडीमा बस दुर्घटनामा पाँचजना घाइते


२३ असार २०७४, शुक्रबार  

7
Shares

बैतडी, २३ असार । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

घाइते पाँचैजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि डडेल्धुरा पठाइएको उहाँले बताउनुभयो ।

उग्रतारा यातायातको बा ३ ख ५१७५ नंको बस सुर्नया–३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार  ५ : २१ बजे