२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

खोलाले बगाएर तीनजना बालक बेपत्ता


२५ असार २०७४, आइतबार  

0
Shares

बझाङ, २५ असार । खोलाले बगाएर आज तीनजना बालक बेपत्ता भएका छन् ।

काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोेहरा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा तीनैजना बेपत्ता भएका हुन् । खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका स्थानीय बासिन्दा बर्सेनि अकालमै ज्यान गुमाउन बाध्य छन् । बेपत्ता तीनैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७४, आइतबार  १२ : ४६ बजे