काठमाडौँ, २५ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले ‘११ आँै बृहत् शैक्षिक मेला’ गर्ने भएको छ ।
नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले मेला आयोजना गर्न थालिएको आज पत्रकार सम्मेलनमा इक्यानका कार्यवाहक अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी गराउनुभयो ।
उहाँका अनुसार आगामी साउन ५ देखि ८ गतेसम्म चल्ने मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान फ्रान्सलगायत १५ देशका विश्वविद्यालय प्रतिनिधिको सहभागिता हुने छ ।

उहाँले विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाँदा सजिलो होस् भनेर विदेशका विश्वविद्यालयको जानकारी गराउन र त्यहाँ प्राप्त हुने छात्रवृत्ति, सुविधा र गुणस्तरीय शिक्षामा पहुँच पु¥याउनका लागि मेला गर्न थालिएको बताउनुभयो ।
मेला स्वदेश र विदेशका गरी २३३ कक्षका साथै १७ वटा ठूला कक्ष रहनेछन् । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने मेला करिब एकलाख विद्यार्थीले अवलोकन गर्ने कार्यवाहक अध्यक्ष पाण्डेले बताउनुभयो ।







