२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

पहिरोले पासाङलामु राजमार्ग बन्द


२६ असार २०७४, सोमबार  

0
Shares

 

रसुवा, २६ असार । पहिरोका कारण पासाङलामु राजमार्गको मूलखर्क खण्डमा आज बिहानदेखि सवारीसाधन आवागमन बन्द भएको छ ।

रसुवाका जिल्ला ट्राफिक प्रहरी इन्चार्ज नवराज खड्काका अनुसार पहिरो पन्छाइ सवारीसाधान सञ्चालन गराउन प्रयास जारी भइसकेको छ । सडक बन्द हुँदा यात्रुबाहक सानाठूला दर्जनौँ सवारीसाधन र चीनको केरुङबाट सामान ढुवानी गर्ने सयौँ कन्ट्रेनर अलपत्र परेका छन् ।

पहिरोले सडकमा ठूलठूला ढुङ्गा ल्याएको र सडक खुलाउन विष्फोट गराउन पर्ने भएकाले डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २६ असार २०७४, सोमबार  ३ : ५२ बजे