६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

आफ्नै सवारीसाधनले ठक्कर दिँदा मृत्यु


२७ असार २०७४, मंगलबार  

0
Shares

 

काठमाडौँ, २७ असार । खिचापोखरीस्थित मेट्रो प्लाजामा सवारीसाधनले ठक्कर दिँदा चालक विनोद डङ्गोलको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुर इमाडोलका ३० वर्षीय डङ्गोलको आफ्नै बा ७ च २४१३ नं को जिप पार्किङ गरी निस्कने क्रममा सोही गाडी पछाडि गुडेर उनलाई सोमबार अपराह्न ठक्कर दिएको थियो ।

डङ्गोलको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ५ : २१ बजे