५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

बन्दका कारण विद्यालय प्रभावित


२७ असार २०७४, मंगलबार  

7
Shares

काठमाडौँ, २७ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन ९प्याब्सन० का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको जनाउनुभयो ।

सो पार्टी निकट अनेरास्ववियु ९क्रान्तिकारी० का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताउनुभयो ।

Sagarmatha

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ५ : २२ बजे