२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

डुबेर बालकको मृत्यु


३० असार २०७४, शुक्रबार  

0
Shares

राजविराज, ३० असार । सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीका अनुसार स्थानीय पाँच वर्षीय इनदल यादवको मृत्यु भएको हो । शौच गर्न कोशी नदीको किनार जानेक्रममा उनी खाल्डोमा डुबेका थिए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार  १० : ०७ बजे