७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

गाई काटेको अभियोगमा दुईजना पक्राउ


२ श्रावण २०७४, सोमबार  

0
Shares

पोखरा,२ साउन । गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार  ६ : ०६ बजे