५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

चार करोडभन्दा बढी रकमको कारोबार


२ श्रावण २०७४, सोमबार  

7
Shares

पोखरा, २ साउन । कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३÷७४ मा रु चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ ।

रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै आएको कार्यालयले ८९ वटा सहकारीलाई सूचीकृत गरेकामा यस आवमा ५४ वटा सहकारीमार्फत मात्र कारोबार गरेको कार्यालयका निमित्त शाखा प्रबन्धक शालिग्राम वाग्लेले जानकारी दिनुभयो ।

रासायनिक मलको मागअनुसारको मौज्दात रहेका कारण कृषकले अभाव महशुस गर्न नपरेको उहाँको भनाइ छ ।

Sagarmatha

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार  ८ : ०९ बजे