२४ माघ २०८२, शनिबार | Sun Feb 8 2026

ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह


३ श्रावण २०७४, मंगलबार  

0
Shares

काठमाडौँ, ३ साउन । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ ।
आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पेटर्सेनसँग आज परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री महराले संक्रमणकालको अन्त्यसँगै नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

उक्त मन्त्रालयका अनुसार राजदूत पेटर्सेनले नर्वेले नेपालमा ऊर्जा क्षेत्रमा लगानी बढाउन चाहेको बताउँदै यहाँको आर्थिक, सामाजिक र प्रजातान्त्रिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार  ६ : ३० बजे