२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

आगलागीबाट छ लाखको क्षति


१० श्रावण २०७४, मंगलबार  

0
Shares

इनरुवा, १० साउन । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।

राति १ः३० बजेतिर सोही गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आलागीबाट दुईवटा घर र नौवटा चौपाया जलेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको जिप्रका, सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार  ५ : ३९ बजे