२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

लमजुङमा करिब ४२९ वर्ष कैद भुक्तान हुन बाँकी


११ श्रावण २०७४, बुधबार  

7
Shares

 

(बेँसीसहर) (लमजुङ), ११ साउन । लमजुङ जिल्ला अदालतबाट फैसला भएका मुद्दामा ४२९ वर्ष, आठ महिना २५ दिन कैद भुक्तान गर्न बाँकी रहेको छ ।

न्यायाधीश अर्जुन अधिकारीका अनुसार अघिल्लो वर्षसम्म अदालतमा चार सय ७७ वर्ष ११ महिना १५ दिन कैद लगत बाँकी रहेकामा गत आर्थिक वर्षमा ४९ वर्ष, दुई महिना २५ दिन कैद असुल भएको थियो ।

विसं २००८देखि विभिन्न समयमा भएका फैसलाबाट दोषी ठहरिएकाको कैद लगत बाँकी रहेको न्यायाधीश अधिकारीले बताउनुभयो । उक्त अदालतले कैद तथा जरिवानाको सजाय तोकेका चारसय भन्दा बढी अभियुक्त अझै बेपत्ता छन् ।

यर्सैबीच उक्त अदालतबाट भएका भएका फैसलाबमोजिम रु एक करोड ५७ लाख ८४ हजार ३९१ जरिवाना असुल हुन बाँकी रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा रु एक करोड ६० लाख १४ हजार ६८६ जरिवाना असुल गर्न बाँकी रहेकामा गत आवमा दुई लाख ३० हजार २९५ मात्र असुल भएको थियो ।

यसैगरी सो अदालतले आघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ११७ र गतवर्ष दर्ता भएका २७१ गरी ३८८ मुद्दामध्ये ३०० वटा मुद्दा किनारा लगाएको थियो

जिल्लामा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका ९३ वटा मुद्दा परेकामा ७६ वटाको फैसला भएको र चालु आवमा १७ वटा मुद्दाको जिम्मेवारी सरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७४, बुधबार  ९ : ०९ बजे