६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

आगलागीमा दुई लाखको क्षति


१६ श्रावण २०७४, सोमबार  

0
Shares

 

लहान, १६ साउन । गए राति सिरहाको लहान नगरपालिका–९ मा आगलागी हुँदा करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको छ ।

राति १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीयवासी विनोद चौधरीका फुसको घर तथा घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार  ३ : २५ बजे