४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

ऊर्जा, प्रांगारिक मल र औषधि आविष्कारमा सफलता


१६ श्रावण २०७४, सोमबार  

0
Shares

 

 

काठमाडौँ, १६ साउन । त्रिवि, जैविक प्रविधि केन्द्रीय विभागले ऊर्जा उत्पादन तथा खाद्य सुरक्षा कायम गर्न विभिन्न पेय पदार्थको उत्पादन र औषधिको विकास गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका प्रमुख कृष्णदास मानन्धरले लामो समयको अध्ययन तथा अनुसन्धानपछि कार्बन डाइअक्साइड ग्यासबाट ऊर्जा र प्रांगरिक मल तथा मदिरा र वियरको उत्पादन गरिएको जानकारी दिनुभयो । यसैगरी जीवाणुलाई नष्ट गर्न सक्ने औषधिको विकास गरिएको जानकारी दिँदै उहाँले यसलाई औद्योगिकीकरण गर्न सकेमा मुलुकलाई ठूलो उपलब्धि हासिल हुने बताउनुभयो ।

वरिष्ठ वैज्ञानिक डा प्रमोद अर्यालको समूहले गाई, वस्तु तथा कुखुरालाई खुवाइने दानाका साथै कार्बनबाट इथानल (गाडीमा राख्न मिल्ने इन्धन) को आविष्कार भइसकेको बताउँदै यस क्षेत्रको थप विकासका लागि सरकारले केही लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युरिया, पोटास, डिएपीलगायत रासायनिक मलको विकल्पमा प्राङ्गरिक मलको उत्पादनलाई औद्योगीकीकरण गरी आयात प्रतिस्थापन गर्न सकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विचार व्यक्त गर्नुभयो ।
अर्याल लामो समय संयुक्त राज्य अमेरिकमा बसेर अनुसन्धान गरी नेपालमा यस किसिमको विकासमा क्रियाशील हुनुहुन्छ । प्रा डा गंगा खरेलसहितको समूहले यस्तो अनुसन्धानमा सफलता प्राप्त भएको जनाइएको छ । त्यसैगरी स्वदेशका विभिन्न जडीबुटीबाट कालाजार, डेँगु र जिका भाइरसलाई नष्ट गर्न सक्ने औषधि पनि विकास गरिएको विभागले जनाएको छ । रासस
जनाइएको छ । त्यसैगरी स्वदेशका विभिन्न जडीबुटीबाट कालाजार, डेँगु र जिका भाइरसलाई नष्ट गर्न सक्ने औषधि पनि विकास गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार  १ : ०७ बजे