७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

जिसस निर्वाचन साउन २३मा


१७ श्रावण २०७४, मंगलबार  

0
Shares

मलेखु (धादिङ), १७ साउन । नेकपा(एमाले) ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ ।
जिसस निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा १५ जना हुनुहुन्छ । जिसस निर्वाचन यही साउन २३ गते हुँदैछ ।
जिससका सदस्यका लागि सिद्धलेक गाउँपालिकाका कृष्ण अर्याल र खुनराज थापा, थाक्रे गाउँपालिकाका उर्मिला रेग्मी, त्रिपुरासुन्दरीका कमलनारायण श्रेष्ठ, ज्वालामुखी गाउँपालिकाकी सान्नानी परियार, गजुरी गाउँपालिकाकी सावित्रा सुनार, खनियाबास गाउँपालिकाकी उर्गेनवती तामाङलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार  ६ : २७ बजे