७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

अवरुद्ध छहरे–टोखा सडकखण्ड सञ्चालन


१७ श्रावण २०७४, मंगलबार  

0
Shares

 

नुवाकोट, १७ साउन । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ ।

गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज बिहानदेखि सञ्चालनमा आएसँगै रोकिएका २०० भन्दा बढी सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

नुवाकोटलाई काठमाडौंँसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडकखण्ड छहरे–टोखामा पहिराले पारेको अवरोधलाई डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरसहित स्थानीय बासिन्दा, नेपाल प्रहरी र शिवपुरी राष्ट्रय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाल सेनासहितको टोलीले पन्छाएको हो ।

पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम भने बाँकी नै रहेकाले त्यसलाई समेत हटाउने काम भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिनुभयो ।

नुवाकोट र रसुवालाई बाहिर जिल्लासँग जोड्ने तीन सडक छहरे–टोखा, त्रिशूली–ककनी–काठमाडौँ र त्रिशूली–गल्छी–काठमाडौँ सडक भए पनि तीनवटैमा अहिले स्तरोन्नतिको काम भइरहेकाले दैनिक सडक अवरुद्ध हुने गर्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार  ११ : १४ बजे