६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बालविवाहविरुद्घ घरदैलो अभियान



 

बैतडी, १८ साउन । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेको स्थानीय लालबहादुर भण्डारीले जानकारी दिनुभयो । नवनिर्वाचित जनप्रतिनिधिले घरघरमा गएर २० वर्षपछि मात्रै विवाह गर्न सल्लाह दिने गरेको उहाँले बताउनुभयो ।

यसका साथै आआफ्नो टोलमा सरसफाइ राख्नका लागि जनप्रतिनिधिले आग्रह गरेका छन् । नमूना वडा बनाउनका लागि बालविवाह एक समस्याका रुपमा देखा परेकाले अभियान सञ्चालन गरिएको वडा नं १ का वडा अध्यक्ष गडालले जानकारी दिनुभयो ।

Sagarmatha

जनप्रतिनिधिले थालेको अभियानले बालविवाह अन्त्यका लागि सहयोग गर्ने हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले बताउनुभयो । पुरचौडी नगरपालिकाको हाटलाई स्वास्थ्यको नमूना वडा बनाउने अभियान यसअघि नै शुरु भइसकेकाले सो अभियानलाई यसले टेवा पुग्ने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार  ३ : ३८ बजे