जिप दुर्घटनामा १५ घाइते

7 Shares

वालिङ, २१ भदौ । स्याङ्जा वालिङ ५ मिर्दीबाट जगतभञ्ज्याङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा त्यसमा सवार १५ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार जगतभञ्ज्याङतर्फ जाँदै गरेको ग १ ज २४८१ नं को जिप आमडाली नजिकै आज अपराह्न सडकबाट २० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा परेकामध्ये केवरे भञ्ज्याङ–६ का ३५ वर्षीया यानुमाया गुरुङ र १० वर्षीया स्वस्ती थापा तथा केवरेभञ्ज्याङ–२ का १० वर्षिय दीपक सारुको अवस्था गम्भीर रहेको जनाएको छ ।

उनीहरुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने अन्य सामान्य घाइतेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार