सद्भावनाका नेता पक्राउ

0 Shares

इटहरी, २१ भदौ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समूहका केन्द्रीय सदस्य छत्रपति लामासहित तीन जनालाई विभिन्न अपराधमा सम्लग्न भएको अभियोगमा आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लामासहित उनका सहयोगी ऋविनास लिम्बू र कमल दाहाल पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

मानव शरीरमा क्षति पु¥याउने, धम्क्याउने, काटमार गर्नेलगायतको अपराध गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार