६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुने


२० श्रावण २०७४, शुक्रबार  

0
Shares

काठमाडौँ, २० साउन । नेकपा (माओवादी केन्द्र) निकट रहेको अनेरास्ववियु (क्रान्तिकारी) २१ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।

आउँदो भदौ ७ देखि ११ गतेसम्म नयाँ नेतृत्वका लागि सम्मेलन गर्न थालिएको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उद्घाटन भृकुटीमण्डप र बन्दसत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हुनेछ ।

क्रान्तिकारीका अध्यक्ष न्यौपानेले यसपटकको सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठाउने बताउनुभयो । उहाँले समाजवाद शिक्षा प्रणालीका बारेमा प्रमुख मुद्दा हुने बताउनुभयो ।

“संविधानले नै मुलुक अब समाजवादतर्फ उन्मुख हुने कुरा गरेको छ”– उहाँले भन्नुभयो, “त्यहीअनुसार अब हामी सम्मेलनबाट समाजवादी शिक्षा प्रणालीका बारेमा कुरा उठाउछौँ ।” सम्मेलनले २५ पदाधिकारीसहित १९९ जना केन्द्रीय कमिटी चयन गर्नेछ ।

एक अध्यक्ष, सात उपाध्यक्ष (तीन खुला र महिला, जनजाति, मधेशी तथा मनोनित गरी एक÷एक जना) एक महासचिव, तीन उपमहासचिव (दुई खुला र एक महिला) १३ सचिव (सात प्रदेशका दुईजना महिला र एक÷एक जना दलित, जनजाति, मधेशी र विश्वविद्यालयका) र एक कोषाध्यक्ष हुनेछन् । निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो ।

उहाँले सहमतिको प्रयास गरिने र सम्भव नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने बताउनुभयो । उहाँका अनुसार पदाधिकारी हलबाट र केन्द्रीय सदस्य प्रदेशअनुसार निर्वाचित हुनेछन् । खुला केन्द्रीय सदस्यको प्रावधान राखिएको छैन ।

सम्मेलनमा दुई हजार ७६ प्रतिनिधिको सहभागिता रहनेछ । विभिन्न विद्यार्थी संगठनसँगको एकतापछि अहिले क्रान्तिकारीको ९९९ सदस्यीय अति ठूलो सम्मेलन आयोजक कमिटी रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार  ११ : ५० बजे