६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

जिसस निर्वाचन सोमबार


२१ श्रावण २०७४, शनिबार  

0
Shares

 

हेटौँडा, २१ साउन । मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सात सदस्यका लागि यही साउन २३ गते बिहान निर्वाचन हुने भएको छ ।

जिससका प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)बाट क्रमशः रघुनाथ खुलाल र भगवती पुडासैनीले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतका कार्यालय मकवानपुरले जनाएको छ ।यसैगरी नेपाली काँग्रेस मकवानपुर र नेकपा(माओवादी केन्द्र)को संयुक्त समूहबाट प्रमुखमा कृष्णप्रसाद दाहाल र उपप्रमुखमा विजयकुमार भोलनले मनोनयनपत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०७४, शनिबार  ३ : ५१ बजे