भक्तपुर, २१ साउन । मध्यपुर थिमिमा नेपाल लिपि गुथिको शाखा गठन गरिएको छ ।
गुथिको यो पहिलो शाखा हो । मध्यपुर थिमिमा जारी प्रचलित नेपाल लिपिको प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीको भेलाले गुथिको शाखा गठन गरेको हो ।
आदिवासी जनजाति महासंघ मध्यपुर थिमि समन्वय परिषद्का अध्यक्ष हरिबहादुर श्रेष्ठको सभापतित्वमा भएको भेलाले जगतकृष्ण पात्या श्रेष्ठको संयोजकत्वमा गुथिको १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । उक्त समितिका सचिवमा प्रदीपजामन श्रेष्ठ, कोषाध्यक्षमा संगीता छाबन्जाः श्रेष्ठ तथा सदस्यमा बाबुकाजी साःछे“ श्रेष्ठ, बिक्की वज्राचार्य, हरिबहादुर पांगु श्रेष्ठ, राजकृष्ण जोशी, विनोद श्रेष्ठ, सुरोज श्रेष्ठ, विभूषण कायस्थ, प्रदीप श्रेष्ठ, मलिसा श्रेष्ठ, इन्द्रलक्ष्मी भासिमा, निरञ्जन तःमिदेवाः श्रेष्ठ, निरन वज्राचार्य, तुल्सीहरि प्रजापति र सम्झना श्रेष्ठ रहनुभएको छ ।
सो अवसरमा नेपाल लिपि गुथिका सचिव पवित्र वज्राचार्यले नेपालको आºनै मौलिक पहिचान भएको लिपिलाई संरक्षण, संवद्र्धन र विकास गर्न थिमिका युवा जागृत भएकामा खुशी व्यक्त गर्दै गुथिको मुख्य उद्देश्य नै मौलिक पहिचान बोकेको लिपिलाई विकास गरी आधुनिकीकरण गरेर नया“ प्रविधिमा रुपान्तरण गरी प्रचलनमा ल्याउनु रहेको बताउनुभयो ।








