दुर्लभ एकसिङ्गे गैँडा मर्यो

0 Shares

चितवन, २१ भदौ । तस्करले हानेको छवटा गोली लागेर गम्भीर घाइते भएको दुर्लभ एकसिङ्गे गैँडा उपचार कै मरेको छ ।

शरीरमा लागेको गोलीको छर्रा झिकिएको गैँडा आज दिउँसो मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । गैँडाको शरीरबाट गोली भने निकाल्न सकिएको थिएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे नेतृत्वको प्राविधिक टोलीले गैँडाको उपचार गरको थियो ।

यही भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करले हानेको गोली लागेर १५ वर्षको उक्त भाले गैँडा गम्भीर घाइते भएको थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार