जाम्बियाली राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिद्वारा बधाई

0 Shares

बेइजिङ, २१ भदौ । चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले पठाउनुभएको एक सन्देशमार्फत पुनः निर्वाचित जाम्बियाली राष्ट्रपतिलाई बधाई ज्ञापन गर्नुुभएको छ ।

जाम्बियामा राष्ट्रपति पद, संसद् र स्थानीय सरकारका लागि गतः अगस्ट ११ मा बृहत महानिर्वाचनमा सम्पन्न भएको र त्यहाँको निर्वाचन आयोगले एद्गार लुङ्गुलाई राष्ट्रपति पदमा विजयी हुनुभएको आज औपचारिक घोषणा गरेको हो ।

राष्ट्रपति सिले सोमबार पठाउनुभएको सो सन्देशमा पुनःनिर्वाचित राष्ट्रपति लुङ्गुको नेतृत्वमा जाम्बिया सरकार र जनताले राष्ट्र निर्माणको दिशामा वृहत्तर उपलब्धि हासील गर्न सकुन भन्ने शुभकामना पनि प्रकट गरिएको छ ।

सिले चीन र जाम्बियाबीच रहँदै अएको परम्परागत मित्रता र द्विपक्षिय सम्बन्धलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा दुवै देश र जनताका हितका लागि थप सहकार्य गर्न इच्छुक रहेको पनि उहाँले व्यक्त गर्नुभएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार