४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

सडक दुर्घटनामा घिमिरेको मृत्यु


२४ श्रावण २०७४, मंगलबार  

0
Shares

काठमाडौँ, २४ साउन । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।

आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार  ५ : ४२ बजे