युवतीको शव फेला

0 Shares

पाल्पा, २२ भदौ । बाकामलाङ्ग गाविस–६ को साखर्दीखोला र कालीगण्डकी नदीको लितिपिरिङ्ग दोभानमा मङ्गलबार बिहान एक युवतीको शव फेला परेको छ ।

अन्दाजी १६/१७ वर्षीया युवतीको शव खोलाको किनारमा तैरिएर रहेको अवस्थामा फेला परेको हो । बाटो हिँड्ने बटुवाले शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन् ।

शरीरमा लगाएको भित्रि कपडाले मात्र युवतीको शव भन्ने पहिचान भएको प्रत्यक्षदर्शी स्थानीयवासी दानस मल्लले बताए ।

युवतीले कानमा मुन्द्रा लगाएको र हातमा रक्षाबन्धनको धागो बाँधिएको अवस्थामा शव फेला परेको उनले बताए । युवतीको पहिचान भने खुल्न सकेको छैन । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार