२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलनमा



काठमाडौं, २५ साउन। चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । नेपाल चिकित्सक संघ (गोदान) ले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् । संघले केसीको मागबारे सरकारले मौनता यथावत राखेमा कडा संघर्षका कार्यक्रम गर्ने जनाएको छ । संघले माग पूरा नगरेमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनीसमेत मंगलबार दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार  ६ : ३९ बजे