२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


२७ श्रावण २०७४, शुक्रबार  

0
Shares

 

उर्लाबारी (मोरङ), २७ साउन । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट गए राति एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–१६ बस्ने ४३ वर्षीय मनोज साह रहेका छन् । साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते साहको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार  ४ : ४३ बजे